नेपालले अपूरणीय गल्ती गरेको भन्दै ज्ञवालीले भने- आफ्नै साथीसँग विश्वास नभएर कसैसित सम्पर्क होला भन्ने त्रासले रिसोर्टमा लगेर राख्नुभयो — OSNepal

नेपालले अपूरणीय गल्ती गरेको भन्दै ज्ञवालीले भने- आफ्नै साथीसँग विश्वास नभएर कसैसित सम्पर्क होला भन्ने त्रासले रिसोर्टमा लगेर राख्नुभयो

LC (KTM) August 25, 2021 0

काठमाडौं भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अब पार्टी एकताको विषयमा क्लोज भएको बताएका छन् । पार्टी विभाजनको मुख्य कारक भनेको माधव नेपाल नै भएको बताएका ज्ञवालीले नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको समेत बताएका छन् ।

आज बिहान एक कार्यक्रमा बोल्दै ज्ञवालीले आफ्नै साथीको विश्वास नभएर र कसैसित सम्पर्क होला भन्ने त्रासले रिसोर्टमा लगेर राखेको भन्दै उनले भने, ‘अहिले माधव नेपाल पार्टी विभाजन गरेर हिँड्नुभएको छ । अलि अस्ति मन्त्री बन्न साथीहरु दाम्लो चुँडालेर जान्छन् भनिरहनुभएको थियो, अहिले आफ्नै साथीको विश्वास नभएर र कसैसित सम्पर्क होला भन्ने त्रासले रिसोर्टमा लगेर राख्नुभएको छ । इतिहासको कालखण्डमा उहाँको यो ठूलो र अपूरणीय गल्ती हो । त्यसैले विभाजनको कारक केपी ओली होइन, माधव नेपाल हो । जसको पराजय अवश्यम्भावी छ ।’

आफ्नो पार्टीको बहुमतको सरकारलाई गिराएर कांग्रेससँग मिलेपछि किन नयाँ पार्टी खोल्नु पर्यो भन्दै उनले नेपालले गन्तव्यमा नपुगिने बाटो राजेको बताएका छन् । ‘अब पार्टी जेठ २ को अवस्थामा फर्किएको छ, उनले भने, ‘नेकपा एमाले नेकपाकै निरन्तरता हो । त्यसैले नेकपा माओवादी केन्द्रको पृष्ठभूमिका नेताहरु पनि स्थायी समिति बैठकमा सामेल हुनुभएको हो । विगतमा माधव नेपालको पक्षमा रहेका स्थायी कमिटीका १० जना कमरेड पनि सामेल भएपछि १० बुँदे सहमति कार्यान्वयन भयो ।’

तीनचार वर्षमा आधा दर्जन धार बदल्दै जाने बाबुराम भट्टराईजस्तो नेतासँग सहकार्य गरेर नेपालको स्तो पार्टी बन्ला भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर