अध्यक्ष ओलीसँग सम्झौता गरेको हैन आफैले निमार्ण गरेको पार्टीलाई एकता गरेको हो : भीम रावल — OSNepal

अध्यक्ष ओलीसँग सम्झौता गरेको हैन आफैले निमार्ण गरेको पार्टीलाई एकता गरेको हो : भीम रावल

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावलले दल विभाजन गर्न माधव नेपाललाई नउकासेको दावी गरेका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका रावलले नेपालले निवार्चन आयोगमा दल दर्ता गर्नको लागि दिएको नेकपा (एकीकृत समाजवादी) को विधान आफूले नलेखेको भन्दै यस्तो दावी गरेका हुन् ।

कार्यक्रममा उनले नेपाललाई आफुले धोका नदिएको बताउँदै दल विभाजन गर्नु गलत भएको प्रष्टाएका छन् । अध्यक्ष केपी ओलीसँग आफुले सम्झौता नगरेको भन्दै आफैले निमार्ण गरेको पार्टी फुटाउन नहुने बताएका छन् ।

पार्टीले गरेको गलत कुरालाई विरोध गरेका हौ कसैले कसैलाई धोका नदिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर