भीम रावलसहित दश जना स्थायी कमिटी सदस्य पार्टीमा फर्किएपछि अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै — OSNepal

भीम रावलसहित दश जना स्थायी कमिटी सदस्य पार्टीमा फर्किएपछि अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ९बुधवार० पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार पत्रकार सम्मेलन अहिले ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा गरिने भएको हो ।

हिजो मंगलबार बसेको पार्टीको स्थायी कमिटिको बैठकमा आठ महिना देखि सहभागी नभएका नेताहरुको सहभागीताएसँगै एमालेले आफ्नो महाधिवेशनको मिति समेत तय गरेको छ ।

१० जना स्थायी कमिटी सदस्यको उपस्थिति भएपछि आज ओलीले यही विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

बैठकले २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन सबै पदाधिकारी र सदस्यलाई निर्देशन समेत दिएको छ । पुर्व माओवादीका नेताहलाई समेत समेटेर सात सदस्यीय कार्यदलको गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर