दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई पराजित गर्दै घरेलु टोली पाकिस्तान विजयी — OSNepal

दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई पराजित गर्दै घरेलु टोली पाकिस्तान विजयी

LC (KTM) August 25, 2021 0

काठमाडाै‌, ९ भदाै- भ्रमण टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ । घरेलु टोली पाकिस्तानले किङ्सटनमा वेस्ट इन्डिजलाई १ सय ९ रनले पराजित गरेको हो ।

पाकिस्तानको जितसँगै दुई खेलको टेस्ट सिरिज १-१ को बराबरीमा सकिएको छ । पहिलो टेस्टमा वेस्ट इन्डिजले पाकिस्तानलाई १ विकेटले पराजित गरेको थियो ।

यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ३ सय २ रन जोडेको थियो । उसका फावद आलमले अविजित रहँदै १ सय २४ रनको शतकीय इनिङ्स खेले । वेस्ट इन्डिजले पहिलो इनिङ्समा मात्र १ सय ५० रन बनाउन सक्यो ।

दोस्रो इनिङ्समा पाकिस्तानले १ सय ७६ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा वेस्ट इन्डिजले ३ सय २९ रनको लक्ष्य पाएको थियो ।

जितका लागि ३ सय २९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ८३.२ ओभरमा २ सय १९ रनमा अल आउट भयो ।

पहिलो इनिङमा ६ र दोस्रोमा ४ गरी कुल १० विकेट लिएका शाहिन साह अफ्रिदी खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर