ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हो : भट्टराई — OSNepal

ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हो : भट्टराई

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमाले दोस्रो तहका नेतहरुको विषयमा टिप्पणी गरेका छन् ।

उनले हिजो मंगलबार माधव नेपालका साथ छोडेर अध्यक्ष केपी ओलीतिर १० जना केन्द्रिय सदस्य गएको विषयमा सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही गर्ने आँट दोश्रो पुस्ताका नेताहरूमा नभएको भन्दै आलोचना गरेका हुन् ।

विगत आठ महिना देखि साथ दिँदै आएका भीम रावलसहित १० जनाले नेपालको साथ छोडी ओलीतिर लागेका छन् । नेता भट्टराईले ट्वीटर मार्फत १बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला१ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ?खै चेत ? प्रश्न गरेका छन् ।

भट्टराईको ट्वीट :हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेतरआॅट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै !बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला !ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ?चुनावचिन्ह नै पार्टी हो ररुखै चेत ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर