निवार्चन आयोगमा माधव नेपाल र महन्थ ठाकुरको दलको सनाखत आज — OSNepal

निवार्चन आयोगमा माधव नेपाल र महन्थ ठाकुरको दलको सनाखत आज

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । प्रस्तावित दल सनाखतको लागि आज निर्वाचन आयोगले माधव कुमार नेपाल र महन्थ ठाकुर पक्षलाई बोलाएको छ ।

गठवन्धन सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि नेपाल पक्षले ‘नेकपा एकीकृत समाजवादी’ र अर्को जसपाबाट फुटेको महन्थ ठाकुर पक्षले ‘लोकतान्त्रिक समाजवादी पार्टी’ नाम चयन गरेर नयाँ दल दर्ता लागि आयोगमा निवेदन दिएका थिए ।

आज उक्त दल सनाखतको लागि आयोगले दुवै पक्षलाई पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई ११ बजे बोलाएको हो ।

सनाखतसहित आवश्यक सबै प्रक्रिया आज नै पुर्‍याउने र दल दर्ताको निर्णय गर्ने आजै नै गर्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर