बाँकेमा आज थप पाँच सङ्क्रमितको मृ त्यु — OSNepal

बाँकेमा आज थप पाँच सङ्क्रमितको मृ त्यु

LC (KTM) May 18, 2021 0

बाँके- बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृ त्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको विहान ८ः३० बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ५७ वर्षीय पुरुषको विहान ८ः३५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो १ बजे र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो २ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुमपूर्व निवासी ६० वर्षीय पुरुषको विहान ८ः४० बजे मृ त्यु भएको हो । यसअघि गएराती बाँकेका दुई अस्पतालमा चार जनाको मृ त्यु भएको थियो । योसँगै सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृ त्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर