पोखराः घनघोर बर्षाले अहिले चारैतिर खोलानाला, पोखरी र नहरकुलोमा पानीको सतह निकै बढेको छ । साना साना कुलो र पोखरीहरुमा पनि पानीको वहाव निकै वढेकोले ठुला ठुला वस्तुहरु व’गाउने गरेका छन ।पोखरा महानगरपालिकाको वुढीबजारको कालिकाचोकमा मंगलबार बिहान पानीसँग रमाउँदै गरेकी एक बालिका यस्तै ला’र्पावाहीका कारण वेप’त्ता हुन पुगेकी छिन ।
सोलुखुम्वु घर भई पोखराको वुढिबजार आमासँगै वस्दै आएकी ११ बर्षिया दिपशिखा भूजेल वसगाएको चप्पल छोप्न जाँदा नहर कुलोले व गाएर वेपत्ता भएकी हुन । वहिनीसँगै पानीमा खेल्दै गर्दा बिहान साढे नौ बजेतिर आफुले लगाएको चप्पल वगाएपछि दिपशिखा चप्पल समाउन नालिमा पस्दा वग्न पुगेकी वहिनीले वताएकी छिन ।