प्रहीको आँखा छलि यस्तो काम गरेर लुकिछिपि लखर लखर बजार हिडेका चार जना युवालाई घोक्रायर चौकी लग्यो प्रहरीले — OSNepal

प्रहीको आँखा छलि यस्तो काम गरेर लुकिछिपि लखर लखर बजार हिडेका चार जना युवालाई घोक्रायर चौकी लग्यो प्रहरीले

LC (KTM) August 25, 2021 0

विभिन्न मुद्दाको कसुरमा सजाय पाई फरार चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने फरार प्रतिवादीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी प्रकाश शाही र चोरी मुद्दाका कसुरदार वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका प्रदीप थापालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सार्वजनिक अपराध मुद्दामा दोषी ठहर वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी धनमाया थापा र खुसल थापालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका चारै जनालाई प्रहरीले जिल्ला अदालत सुर्खेतसमक्ष उपस्थित गराएको छ ।

प्रहरीले आजै रु चार लाख मूल्य बराबरको मूल्य अभिवृद्धि कर ९भ्याट० नतिरेको अवैध मालसमान बरामद गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्वारा मानिने अस्थायी प्रहरी पोष्ट बबई चौकीले काठमाडौँबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३ ०१०२३ च ५९४९ नम्बरको सुपरयस गाडी जाँचका क्रममा उक्त अवैध समान बरामद गरेको हो ।

प्रहरीले बरामद सामग्री, गाडीसहित गाडी चालक काठमाडौँ महानगरपालिका–१४ काठमाडौँ निवासी २८ वर्षीय सुनिलकुमार रैनियालाई नियन्त्रण लिई थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर बाँके पठाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर