दाङमा थप दश कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

दाङमा थप दश कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 18, 2021 0

दाङ- पछिल्लो २४ घण्टामा दाङमा दश सङ्क्रमितको मृ त्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई÷दुई र दंगीशरण गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृ त्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुईहजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा देखियो कोरोनाको नयाँ भेरियन्ट, सबै उमेर समूहका लागि जोखिमपूर्ण

काठमाडौँ, ४ जेठ- नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उहाँका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक (जिन स्क्विन्सिङ) जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पत्ता लगाएको हो । तीन प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको छ । चौँतीस नमूना परीक्षणमा नयाँ भेरियन्ट देखिएको र एक जनामा मात्र पुराना भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टलाई डब्लुएचओले सन् २०२१ मे १० मा भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । डा अधिकारीले नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण हुने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भेरियन्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर