सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह — OSNepal

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

LC (KTM) May 18, 2021 0

काठमाडौँ, ४ जेठ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड÷आइसियुलगायतको तयारी गर्न आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर