राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट अभिषेक रिजाल सहित ३ खेलाडी बाहिरिए — OSNepal

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट अभिषेक रिजाल सहित ३ खेलाडी बाहिरिए

LC (KTM) August 24, 2021 0

असोज १५ गते देखी ३० गते सम्म संचालन हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि तयारी एकदमै तिब्र पारिएको छ । अहिले नेपाली फुटबल टोलीले पोखरमा बन्द प्रशिक्षण गरेर खेलाडीलाई अभ्यास गराई रहेको छ । यसैक्रममा राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप चर्चित खेलाडी अभिषेक रिजाल सहित ३ खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जानकारी दिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३ खेलाडीलाई बाहिर राख्दै २५ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । उनले अभिषेकलाई किन टिममा अटाएनन् भन्ने सबैको चासो देखिएको छ ।

यद्यपी पछिल्लो समय अभिषेकले राम्रो प्रर्दशन गर्न सकिरहेका छैनन् । बाहिर निस्कने खेलाडीहरुमा रिजाल संगै अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल ९असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर