धान गोड्दै गरेका प्रेमबहादुरलाई एक्कासि पछाडिबाट बाघले आक्रमण गर्यो — OSNepal

धान गोड्दै गरेका प्रेमबहादुरलाई एक्कासि पछाडिबाट बाघले आक्रमण गर्यो

LC (KTM) August 24, 2021 0

धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन् । माडी नगरपालिका–९ वगहीमा बाघको आक्रमणबाट स्थानीयवासी ५५ वर्षीय प्रेमबहादुर विक घाइते हुनुभएको हो ।

आज दिउँसो धान गोड्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । आक्रमणमा परी घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको अवस्था खतरामुक्त रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर