नेकपा एमालेको स्थायी कमिटिको बैठकमा पुर्वमाओवादीका नेता तथा एमालेका तेस्रो धारका नेताहरु सहभागि हुँदा गौतम भने किन अनुपस्थित ? — OSNepal

नेकपा एमालेको स्थायी कमिटिको बैठकमा पुर्वमाओवादीका नेता तथा एमालेका तेस्रो धारका नेताहरु सहभागि हुँदा गौतम भने किन अनुपस्थित ?

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । आफुलाई विभाजीत गर्न नचाहने नेकपा एमालेका उपाध्यक्ष बामदेम गौतम अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटिको बैठकमा सहभागी भएका छैनन् ।

पार्टी एकताको लागि पछिल्लो सहय आफ्नै नेतृत्वमा एकता गराउन लागि परेका गौतमले माधव नेपालको साथ दिने बताए पनि एमाले छाडेको भनेर आधिकारिक रुपमा भनेका छैनन् ।

पछिल्लो समय अध्यक्ष ओलीसँग बैठकमै चर्काचर्की परेपछि बैठकमा सहभागी नभएका गौतम आजको बैठकमा पसनि सहभागी भएको छैनन् । आजको बैठकमा भने पुर्वमाओवादीका नेता तथा एमालेका तेस्रो धारका नेपालको साथ छोडी ओलीतिर लागेका नेताहरुको सहभागीता रहेको छ ।

निकट स्रोतले जनाए अनुसार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी निवार्चन आयोगमा दर्ता भएपछि उनले एमाले छाड्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर