काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने — OSNepal

काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने

LC (KTM) August 24, 2021 0

काठमाडौं, ८ भदौ-काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ । थपिएको निषेधाज्ञामा सवारी साधन ८ बजेपछि चल्न नपाउने यसअघिको नियम हटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर