काठमाडौं । वरिष्ठ नेता झलनाथ खनालले प्रस्तावित नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्न दिल्लीबाटै गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।
आयोगले सनाखतको लागि भोली बुधबार ११ बजे माधव नेपाल लगायतका नेताहरुलाई आगोग बोलाएको छ । उपचारको क्रममा विगत केहि हप्ता देखि दिल्लीमा रहेका नेता खनालले दिल्लीमा रहेको दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आयोगलाई आग्रह गरेका हुन् ।
‘म नेकपा (एकृकीत समाजवादी) पार्टीमा छु । म दिल्लीमा उपचारत रहेकाले नेपाली राजदूतावास दिल्लीबाट नै उक्त पार्टीमा सनाखत गरी पाऊँ भन्ने पत्र आएको छ’ उनले भनेका छन् ।