तास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सहित १० जना पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सहित १० जना पक्राउ

LC (KTM) May 18, 2021 0

रौतहट, ४ जेठ-गौर नगरपालिका-१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा तास खेलीरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका-३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस -बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर : गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितलाई अक्सिजन नभएर समस्या भइरहेका समयमा उक्त संस्थाको अछाम युनिटको सहयोगमा अक्सिजन हस्तान्तरण गरिएको हो । उक्त संस्थाले सञ्चालन गरेको “प्राणका लागि पाँच सय” अभियानबाट सङ्कलित रकमबाट अक्सिजन सिलिण्डर रिफिल गरी हस्तान्तरण गरिएको बोलन्याथली अछामका संयोजक सुशील भण्डारीले जानकारी दिनुभयो ।

अस्पतालमा भरीएका अक्सिजन सिलिन्डर प्राप्त भएपछि यहाँका कोरोना सङ्क्रमितलाई उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै सहज भएको थियो, बोलन्याथलीले १३ वटा उपलब्ध गराएपछि अब सहज हुँने छ ।” अक्किजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी पाएपछि प्रदेशका नौ वटै जिल्ला अस्पतालमा आफुले सक्ने जति अक्किजनको सहयोग गरेको बोलन्याथलीका सुदूरपश्चिम संयोजक तथा अभियानकर्मी यादव जोशीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर