भौतिक उपस्थितिमा नै १२ को वार्षिक परिक्षा सञ्चान गर्न सरकारलाई संसदीय समितिको निर्देशन — OSNepal

भौतिक उपस्थितिमा नै १२ को वार्षिक परिक्षा सञ्चान गर्न सरकारलाई संसदीय समितिको निर्देशन

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । कक्षा १२ को वार्षिक परिक्षा भौतिक उपस्थितिमा नै गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले यस्तो दिर्नेशन दिएको हो । स्वास्थ्य मापदण्डका नियमलाई पालना गरी तत्काल परिक्षा सञ्चालन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

अन्य परिक्षाहरु भइरहँदा कक्षा १२ को पनि परिक्षा तत्काल हुनुपर्ने बैठकले निष्कर्ष निकालेको हो ।
गत साउन ३१ गते बाट सुरु हुने भनिएको कक्षा १२ को वार्षिक परिक्षा कोरोना संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर