मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु — OSNepal

मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु

LC (KTM) August 24, 2021 0

पाँचथर, ८ भदौ -पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको मलामीबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।मलामी गई फर्कने क्रममा फिदिम नगरपालिका–१४ बाँसबोटेमा सोमबार बेलुका भीरबाट लडेर फिदिम–८ घलेगाउँका ६५ वर्षीय पदमबहादुर राईको मृत्यु भएको हो ।

राई घर आइनपुगेपछि खोजी गर्ने क्रममा उनका छोराले गोरेटो बाटोबाट करिब एक सय मिटर तल झरेर मृत्यु भएको अवस्थामा राईलाई फेला पारेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर