अवरुद्ध लोकमार्ग खुल्यो — OSNepal

अवरुद्ध लोकमार्ग खुल्यो

Kesh Karki (USA) August 24, 2021 0

वर्षासँगै आएको बाढीपहिराका कारण बागलुङका मुख्य राजमार्ग अवरुद्ध हुँदै आएका छन् । दुई दिनदेखिको लगातारको झरीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका–३ स्थित बोक्से र कालिगण्डकी करिडोरको फुर्से खोलामा पहिरो खसेका कारण सडक अवरुद्ध भएकामा अहिले खुलाइएको हो ।

कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले बताउनुभयो । बोक्सेमा खसेको पहिराले सडक अवरुद्ध भएकामा प्रहरी र लोकमार्ग आयोजनाको पहलमा सडक खुलाइएको हो । सडक खुलेपछि सोमबार बेलुकीदेखि अलपत्र परेका यात्री गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर