काठमाडौँ — जापानले नेपालका २३ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।नेपालका २५ अस्पताललाई सहयोग गर्ने योजनाअनुसार उक्त सामग्री आइतबारै हस्तान्तरण गरिएको नेपालस्थित जापानको राजदूतावासले जनाएको छ ।उसले पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम अस्पतालहरुलाई दिएको हो ।
अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज हुने र यसले कोभिड–१९ उपचारमा सहयोग पुर्याउने जापानी राजदूत किकुता युताकाले बताएका छन् । त्यस्तै अर्को महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र ६ वटा एम्बुलेन्स अनुदानमा दिने तयारी गरेको छ ।