सेती प्रादेशिक अस्पतालमा उपचाररत २९ वर्षीया महिलासहित थप ६ जना कोरोनना संक्रमितको मृ त्यु — OSNepal

सेती प्रादेशिक अस्पतालमा उपचाररत २९ वर्षीया महिलासहित थप ६ जना कोरोनना संक्रमितको मृ त्यु

LC (KTM) May 18, 2021 0

कैलाली-कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोनना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका २ का ५८ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १ का ८० वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका १७ की ३५ वर्षीया महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताउनुभयो ।यस्तै जोशिपुर गाउँपालिका ५ की २९ वर्षीया महिला, कञ्च नपुरको कृष्णपुर नगरपालिका ७ का ३२ वर्षीय पुरुष, डोटीको दिपायल शिलगढी नगरपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुषको मृ त्यु भएको हो । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ५०९ जनाको नमुना परिक्षण गर्दा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि श्रेष्ठले जानकारी दिनुभएको छ ।
धनगढीका मात्रै १८५ जना, धनगढी बाहेक कैलालीका ८१ जना, अन्य जिल्लाका ३७ जना गरि ३०३ जनाको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

गेटामा प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने
कोरोना महामारीमा केन्द्र सरकारसँग समन्वय नगरेको र आफूले पनि कोरोना रोकथामका लागी केही नगरेको आरोप खेपेको सुदूरपश्चिम प्रदेश सरकारले अब भने कोरोना बिरामीका लागि कैलालीको गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनका लागि सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यहाँ आवश्यक जनशक्ति करारमा भर्ना गर्ने भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले २० जना स्वास्थ्यकर्मीलाई त्यहाँ खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिनुभयो । डा. जोशीका अनुसार २० जना जनशक्ति व्यवस्थापनका लागि बजेट पनि मन्त्रालयले व्यवस्थापन गर्नेछ ।

केन्द्र सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा सरकारले कोरोना रोकथामका लागि सुदूरपश्चिमका निम्ति तोकेका फोकल पर्सन लेखराज भट्टको अगुवाइ तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको व्यवस्थापनमा कैलालीको गेटामा निर्माणाधीन आइसोलेशन सेन्टरमा प्रदेश सरकारले हात झिकेको भनी तीव्र आलोचना भएको थियो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले जनताको जीवन रक्षा गर्ने कुरामा प्रदेश सरकारले कुनै किसिमको राजनीति नगरेको बताउँदै आउनुभएको थियो ।
केन्द्र र प्रदेश सरकारबीच समन्वय नहुँदा गेटामा निर्माणाधीन होल्डिङ सेन्टर र आइसोलेशनको काम अलपत्र पर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर