आफ्नै श्रीमती र बुबाको हत्या गरी खाल्डोमा गाड्ने २७ वर्षिय पुरुष पक्राउ — OSNepal

आफ्नै श्रीमती र बुबाको हत्या गरी खाल्डोमा गाड्ने २७ वर्षिय पुरुष पक्राउ

LC (KTM) August 24, 2021 0

जनकपुरधाम ८ भदौ । आफ्नै श्रीमती र बुबाको हत्या गरी खाल्डोमा गाड्ने एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी २७ वर्षीय भागेश्वर मण्डल रहेका छन् ।

केहि दिन अघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका भागेश्वरले सोतमबार राति १२ बजे ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । हत्या पछि दुवैको शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेको खुल्न आएको छ ।

बिहान उनका ३ ४ वर्षका बच्चा रुन थालेपछि छिमेकीले थाहा पाइ दुवै हत्या भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका हुन् ।

तत्काल प्रहरी पुगी भागेश्वरलाई नियन्त्रणमा लिई अनुशन्धान गर्दा उनले हत्या गरेको स्विकार गरेका बताइएको छ ।

उनले भनेको ठाउँमै उत्खनन् गर्दा दुवै शव समेत फेला परेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण आफुले दुवैको हत्या गरेको निजले प्रहरी सामु कबुल गरेका छन् ।

घटनाको थप अनुशन्धान भने भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर