नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालयले दमाममा चाटर्ड उडान गर्ने — OSNepal

नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालयले दमाममा चाटर्ड उडान गर्ने

LC (KTM) May 18, 2021 0

काठमाडौँ, ४ जेठ- नेपालमा रहेका भारतीय नागरिक लैजान हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाममा तीन वटा चाटर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको निर्णय अनुसार मे १८ मा दमामका लागि उडान तालिका निर्धारण गरिएको एयरलाइन्सले आज विज्ञप्ति मार्फत जनाएको हो ।

एयरलाइन्सले चाटर्ड उडानका लागि नयाँ भाडादर पनि तोकेको छ । काठमाडौं–दमामका लागि ८२० अमेरिकी डलर तिर्नुपर्नेछ । उडानमा सहभागी यात्रुले अनिवार्य रुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर