रानीबाट इटहरीतर्फ आउँदै गरेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दियो — OSNepal

रानीबाट इटहरीतर्फ आउँदै गरेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दियो

LC (KTM) August 24, 2021 0

सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट सफल र अविनाश राजवंशी घाइते भएका थिए ।

घाइते भएको दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारके क्रममा सफलको भएको मृत्यु भएको हो । अविनाशको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ ।

मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारणले गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर