नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक , ५ सय भन्दा बढी डिजाइनलाई पछि पार्दै आदर्श पोखरेलले मारे बाजी — OSNepal

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक , ५ सय भन्दा बढी डिजाइनलाई पछि पार्दै आदर्श पोखरेलले मारे बाजी

LC (KTM) August 23, 2021 0

अन्ततः नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । खुल्ला प्रतिष्पर्धा बाट जर्सीको छनौट गरिएको हो । नेपाल क्रिकेट संघ क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले आज राष्ट्रिय टिमले लगाउने नयाँ जर्सी सार्वजनिक गरेको हो ।

यो नयाँ जर्सीको डिजाइन आदर्श पोख्रेलले गरेका हुन् । ५ सय भन्दा बढी डिजाइनहरुलाई पछि पार्दै उनको डिजाइनले अन्ततः बाजी मारेको हो । उनले जर्सी डिजाइन गरे बापत पुरस्कार स्वरुप नगद १ लाख पनि पाएका छन् । सोमबार क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह र एमएसटी संस्थापक सुलभ बुढाथोकीले जर्सी सार्वजनिक गरे ।

खुल्ला प्रतिस्पर्धाबाट क्यानले नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो ।क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्सीय समिति गठन गरेको थियो । समितिमा क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर