काठमाडौं ७ भदौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल का अध्यक्ष माधव नेपाललाई हांडीघोप्टेको संज्ञा दिएका छन् ।
निवार्चन आयोगले भदौ ९ गते सनाखतको लागि आयोग आउन भनेपछि नेपालले दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य र सांसदहरुको व्यवस्थापनका लागि सोमबार र मङ्गलबार दुई दिन दुई रात चन्द्रागिरी रिसोर्ट बुक गराएका छन् ।
यही विषयलाई लिएर नेता बाँस्कोटाले बाक्लो दाल खादा पनि लुकेर खानेरु भन्दै प्रश्न गरेका छन् ।
‘मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खानेरुभो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे’ उनले भनेका छन्, ।
बाँस्कोटाले लेखेका छन्ः ‘मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खानेरुभो आफु त गहतकै झोल खाईन्छ।किड्नीलाई राम्रो गर्छ रे।’