सेनाका हवल्दारले यी महिलालाई बनाए गर्भवती , ८ महिनाको गर्भ लिएर रुदै आईन् मिडियामा, मिडियामा गएको भन्दै दिए यस्तो धम्की — OSNepal

सेनाका हवल्दारले यी महिलालाई बनाए गर्भवती , ८ महिनाको गर्भ लिएर रुदै आईन् मिडियामा, मिडियामा गएको भन्दै दिए यस्तो धम्की

LC (KTM) August 23, 2021 0

नेपाली सेनाका हवल्दारले गर्भवती बनाएर आफुलाई बिचल्ली बनाएको भन्दै एक महिला रुदै मिडियामा आएकी छिन् । बर्दिया घर भई हाल काठमाण्डौमा बस्दै आएकी बिमला शाही हवल्दारले आफु सम्बन्ध राखेर गर्भ बसेपछि लुकि छिपी बसेको भन्दै उनले मिडिया सामु आएर न्याय दिलाई दिन माग गरेकी छिन् ।

एउटा गेस्ट हाउसमा बोलाएर नेपाली सेनाको शिबदल गणमा कार्यरत सेनाका हवल्दार हिरालाल खत्रीले शारीरिक सम्बन्ध राखे पछि आफु गर्भवती भएको उनले बताईन् । आफु गर्भवती भएपछि हवल्दार बिभिन्न गणमा सरुवा हुदै लुकेर बसेको आरोप समेत लगाईन् । आफु गर्भवती भएपछि उनलाई भेट्न बर्दियाको ठाकुरद्धारा तथा गजुरीमा समेत पुगेको बताईन् ।

त्यहाँ पुग्दा यहाँ सम्बन्धित मान्छे छैन भन्दै फर्काई दिने गरेको गुनासो गरिन् । ति हवल्दार संग आफ्नो इमो बाट चिनजान भएको र पुष १ गेष्ट हाउसमा भेट्न बोलाएर जबरजस्ती सम्बन्ध राखेको बिमलाको दाबी छ । पुष १४ गते अन्तिम पटक भेट भएको उनले बताईन् । हिरालालले आफुलाई मिडियामा किन गएको भन्दै ज्यान मार्ने धम्कि समेत दिएको उनले बताईन् ।

उनले भनिन्– फोनमा कुरा त हुन्छ तर कहाँ छ थाहा छैन । १५ हजारमा बिक्री हुने भालु त मिडियामा किन गईस् । त्यो अन्र्तबार्ता लिने पत्रकारको पनि जागिर खाईदिन्छु, , तलाई पनि मारिदिन्छु भन्छ । उनले आफुलाई न्याय चाहिएको बताएकी छिन् ।

https://www.youtube.com/watch?v=yoVN7HVhhxA

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर