अमेरिकाबाट मेलम्ची बाढी प्रभावितलाई सहयोग — OSNepal

अमेरिकाबाट मेलम्ची बाढी प्रभावितलाई सहयोग

LC (KTM) August 23, 2021 0

अमेरिकामा बस्ने नेपालीहरुले मेलम्ची बाढी प्रभावितलाई सहयोग गरेका छन् । मेलम्ची ११का सञ्जिव दुलालको पहलमा अमेरिकामा बसोबास गर्नेहरुले नेपाली हरुले मेलम्ची बाढी प्रभावितलाई रकम संकलन गरेर पठाएका हुन् । मेलम्ची पुन निर्माण तथा सरोकार समिति लाइ रुं २ लाख रुपैयाँ र रेडियो मेलम्चीको लागि १० हजार रुपियाँ आज हस्तान्तरण गरिएको हो ।

सो रकम सोमबार सञ्जिव दुलालका हजुरबुबा दोम प्रसाद दुलालले मेलम्ची पुन निर्माण तथा सरोकार समितिका संयोजक महाविर श्रेष्ठ र रेडियो मेलम्चीका दिपिन ढुंगानालाई हरुसतान्तरण गर्नुभएको हो ।

मेलम्ची पुन निर्माण तथा सरोकार समितिले बाढीपछि बस्ति जोगाउन र पुरानै अवस्थामा फर्काउन निरन्तर काम गरिरहेकाले केहि सहयोग होस् भनेर रकम हस्तान्तरण गरिएको दुलालका दाइ सिपि दुलालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर