हाँस्य कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्म दिनमा खर्चिए यस्तो बिशेष शब्द, उनको जीवनमा दीपाको सहकार्यले बद्लाव नै ल्याई दिएको भन्दै गरे प्रशंसा — OSNepal

हाँस्य कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्म दिनमा खर्चिए यस्तो बिशेष शब्द, उनको जीवनमा दीपाको सहकार्यले बद्लाव नै ल्याई दिएको भन्दै गरे प्रशंसा

LC (KTM) August 23, 2021 0

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आज बाट ४५ बर्ष पुरा गर्दै ४६ बर्षमा प्रबेश गरेकी छिन् । उनको आज जन्म दिन । उनलाई नेपाली चलचित्र क्षेत्रका कलाकार तथा शुभचिन्तकहरुले जन्म दिनको शुभकामना दिएका छन् । उनको आज जन्म दिनमा केही हाँस्यकलाकार समेतको उपस्थिती रहेको थियो । उनीहरु सबैले जन्म दिनको शुभकामना दिए ।

यस्तै शुभकामना दिनेमा हास्य कलाकार दीपकराज गिरी पनि छन् । त उनले दीपाका लागि एकदमै बिशेष शब्दहरु खर्चिएर जन्म दिनको शुभकामना दिएका छन् । उनले शुभकामना संगै आफ्नो जीवनमा दीपाले एकदमै ठुलो सहकार्य गरेको उल्लेख गरेका छन् । आफु यो क्षेत्रमा भौतारिएका बेला उनको सहयोगले अहिले यहा सम्म आएको बताउन पनि पछि परेका छैनन् ।

दीपकले सामाजिक सञ्जाल फेसबुकमा जन्म दिनको शुभकामना दिदै लेखेका छन् – ३० वर्ष अघिको कुरा हो । म हरेक दिन रेडियो नेपाल जान्थेँ, नाटक खेल्न । खुट्टामा चप्पल हुन्थ्यो, शरीरमा झुत्रे लुगा । तर आँखामा मिठो सपना थियो ।’ त्यस्तै उनले लेखेका छन्, ‘मिहिनेत धेरै गरेँ । संघर्ष धेरै भयो, तर सफलता अझै टाढा थियो ।

हरेक दिन संघर्षसँगै ईश्वरसँग प्रार्थना गरिरहन्थेँ । न मेहनत काम लागिरहेको थियो, न प्रार्थना १ त्यही समय रेडियो नेपालमा एकदिन उनीसँग मेरो भेट भयो । राम बिलास धनियाँ’ ५ वर्ष, ‘तीतो सत्य’ १२ वर्ष, विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु । मैले ईश्वरसँग धेरै गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ तर ईश्वरले आशीर्वादको रूपमा कतिबेला उनलाई मेरो साथी बनाएर पठाएछन् पत्तै भएन।’

उनले यस दौरानमा दीपाको एकदमै प्रशंसा गरेका छन् । उनले दीपा आफ्नो यस्तो खालको साथी भन्दै लेखेका छन् – उनी एउटा यस्तो साथी, जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ । जो अरूको सपना पुरा गर्न आफ्ना सपनाहरूलाई पिञ्जडामा थुन्न सक्छ । अरूकै लागि हाँस्न सक्ने । अरूकै लागि बाँच्न सक्ने । कसैको आँसु देख्नै नसक्ने । मुख अलि छुच्चो तर मन साह्रै कमलो ।

जस्ले जे भनोस् उनी संसारकै सबैभन्दा जाती छिन् । मेरो एउटा साथी छिन् । जो सबैभन्दा माथि छिन् । तिमीलाई जन्मदिनको लाखौ, करौडौँ, अरबौँ, खरबौँ शुभकामना प्रिय साथी दीपा’ । उनको यो पोष्टले दीपा आफ्नो कर्मक्षेत्रमा कतिको महत्वपुर्ण छिन् भन्ने कुरा प्रष्ट झल्काएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर