अ फगानिस्तानमा ता लिवानले कब्जा गरे संगै त्यहाको हालत एकदमै खराब हुदै गईरहेको छ । देश छोडेर जानका लागि काबुल एयरर्पाेटमा भिड नै लागेको छ । त्यहाँका नागरिक कसरी हुन्छ अफगानिस्तान छोड्न चाहान्छन् । उनीहरु ता लिवानको आतंक बाट जसरी हुन्छ बच्न चाहान्छन् ।
काबुल एयरपोर्टमा हजारौको संख्यामा महिलाहरु फ्लाईटको प्रतिक्षामा रहेका छन् । उनीहरु आफ्नो इज्जत र ज्यान बचाउन अ फगानिस्तान छोडेर जहाँ पनि जान तयार भएका छन् । यसै भिड मध्येका ५ दिदि बहिनीहरुले आफ्नो मार्मिक कहानी बताएका छन् । उनीहरुले आफ्नो घर ता लिवानले जलाईदिएको बताएका छन् ।
डेली मेल रिर्पाेटसका अनुसार यी ५ दिदि बहिनीहरु हजारा समुदायका रहेका छन् । उनीहरु हिन्दु कुश पहाडको बीच मध्य अफगानिस्तानमा हजराजतमा बस्ने एक शान्तिपुर्ण शिया समुह रहेको छ । उनीहरुका अनुसार ता लिवान लामो समय देखी यस समुदाय खासगरी महिलाहरु माथी अत्याचार गरिरहेका छन् । हाई स्कुलमा अध्ययन गर्दै गरेकी १९ बर्षीया छात्रा आईना शेखले आफ्नो ४ जना बहिनी र भाईको साथमा हवाइ अड्डामा आएर बसिरहेको बताईन् ।
उनी भन्छिन्– हामी अमेरिका जान चाहान्छौ , हामी यहाँ सुरक्षित छैनौ । यी युवतीहरु र उनको भाइको पासपोर्ट छैन । भिजाको आवश्यक कागजात पनि आधा अधुरो नै रहेकोले उनीहरुलाई यात्राका लागि अनुमति मिलिरहेको छैन । आईनाले भनिन्– पछिल्लो हप्ता सम्म हामी आफ्नो घरमा खुशी साथ बसिरहेका थियौ तर ता लिवान आएर घर जलाई दिए ।
हाम्रो आमा बुवाले हामीलाई घर छोडेर जानकाका लागि भने किनकी हाम्रो बाँकि जिवन दुर्भाग्य पुर्ण नरहोस् । हालैका दिनहरुमा ता लिवानले महिला तथा युवतीहरुलाई आफ्नो बुढी नत्र सेक्स गुलाम बनाईरहेको खबरहरु आईरहेका छन् । यी दिदि बहिनीहरु ता लिवान बाट बच्नकै लागि भनेर २४० किलोमिटर यात्रा गरेर काबुल एयरपोर्ट सम्म आइपुगेका हुन् । उनीहरु फुटपाथमै सुतिरहेका छन् ।