रोल्पामा आफ्नै छोराले अगुल्टो प्रहार गरि लिए ६० वर्षीया बुबाको ज्यान, ज्यान लिइ सुताएका थिए खाटमा शव — OSNepal

रोल्पामा आफ्नै छोराले अगुल्टो प्रहार गरि लिए ६० वर्षीया बुबाको ज्यान, ज्यान लिइ सुताएका थिए खाटमा शव

LC (KTM) August 23, 2021 0

रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

छोराको कुटपिटबाट मृत्युु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो । हत्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकोे उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर