अमेरिकाबाट नेपालीहरुले मेलम्ची बाढी पिडितलाई गरे आर्थिक सहयोग — OSNepal

अमेरिकाबाट नेपालीहरुले मेलम्ची बाढी पिडितलाई गरे आर्थिक सहयोग

LC (KTM) August 23, 2021 0

अमेरिकामा बस्ने नेपालीहरुले मेलम्ची बाढी प्रभावितलाई सहयोग गरेका छन् । मेलम्ची–११ का सञ्जिव दुलालको पहलमा अमेरिकामा बसोबास गर्ने नेपालीहरुले मेलम्ची बाढी प्रभावितलाई रकम सङ्कलन गरेर पठाएका हुन् ।

मेलम्ची पुनःनिर्माण तथा सरोकार समितिलाई रुं दुई लाख र रेडियो मेलम्चीको लागि रु दस हजार हस्तान्तरण गरिएको हो । सो रकम सोमबार सञ्जिव दुलालका हजुरबुबा दोमप्रसाद दुलालले मेलम्ची पुनःनिर्माण तथा सरोकार समितिका संयोजक महाविर श्रेष्ठ र रेडियो मेलम्चीका दिपिन ढुंगानालाई हरुसतान्तरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर