आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै, २४ को मृत्यु — OSNepal

आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै, २४ को मृत्यु

LC (KTM) August 23, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना   संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा १ हजार ९२४ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। निको हुने दर ९३।५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर