रौतहटमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने दुई जना पक्राउ, दुई प्रहरी भए निलम्बन — OSNepal

रौतहटमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्ने दुई जना पक्राउ, दुई प्रहरी भए निलम्बन

LC (KTM) August 23, 2021 0

रौतहट ७ भदौ । निर्र्दोष पत्रकारलाई लागुऔषसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले स्विकार गरेको छ । गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको थियो ।

हालै सार्वजनिक भएको सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर उक्त पत्रकारलाई पक्राउ गरिउको देखिएपछि आज गराइएको देखिएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले उक्त घटनाको स्विकार गरेको हो । यस घटनामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको अनुशन्धानबाट खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको जनाइएको छ ।

यस घटनामा संम्लग्नता रहेको आधारमा अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर