ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए भन्दै माधवलाई पापी र गद्दारको संज्ञा दिइन् नविनाले — OSNepal

ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं देउवाको पाउमा सत्ता सुम्पिए भन्दै माधवलाई पापी र गद्दारको संज्ञा दिइन् नविनाले

LC (KTM) August 23, 2021 0

काठमाडौं- नेकपा एमालेकी युवा नेता तथा सांसद नविना लामाले माधव नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिएकी छन् । लामाले माधव नेपालको कुण्ठा, द्वेष र विधि पद्धतिका नाममा भएको गुटबन्दीका कारण एमाले विभाजन गरेको अरोप लागउदै उनले नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिएकी हुन् ।

‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्‍याउनु भयो रु पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्‍याउनु भयो । भन्दै आफ्नो पार्टीको सरकार ढालेर, पार्टीलाई दनदनी बालेर त्यसको आगोमा माधव नेपालले मज्जा लिएको बताइन् ।

आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गरेको पनि उनले बताइन् । लामाले भनेकी छन्, ‘हिजो राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवा पाउमा सत्ता सुम्पनु भयो । यो कुन विधि र पद्धति हो कमरेड रु तपाईंको विधि र पद्धतिको कु-कृत्यलाई पार्टीका लाखौं कार्यकर्ता, शुभेच्छुक र जनताले कदापी माफी दिने छैनन् । तपाईंलाई अलिकति पनि लज्जा र हिनता महसुस भएन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर