काठमाडौँ ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखको बैठक आयोजना गर्न आग्रह गरेका छन् ।
आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डल यस्तो आग्रह गरेका हुन् ।
शान्ती समाजले पछिल्लो समयमा आफगानिस्तानमा भएको घटनालाई लिएर पनि चासो व्यक्त गर्नुका साथै विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत प्रधानमन्त्रीलाई ध्यानाकष्र्ण गराएका हुन् ।