बुटवल ७ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । आज सोमबार बसेको प्रदेशक सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल मानिने नेकपा एमालेले रोष्टममा नै नारावाजी गरेका हुन् ।
पार्टीको ह्रिप उल्ंलघन गरेको भन्दै एमालेले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न भन्दै प्रदेश सचिवालय पठाएको पत्र सभामुख पूर्णबहादुर घर्तीले एमाले रहेको प्रमाण नभएकाले कारबाही गर्न नसक्ने अस्वीकार गरेपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।
दुवै सांसदलाई कारवाही नगरेसम्म संसद चल्न नदिने भन्दै एमाले सांसदहरुले सिटबाट उठेर विरोध जनाएका हुन् ।