एकसाथ जन्मिएका यि जुम्ल्याहा इन्जिनियर दाजुभाईलाई कोरोनाले सँगै लग्यो — OSNepal

एकसाथ जन्मिएका यि जुम्ल्याहा इन्जिनियर दाजुभाईलाई कोरोनाले सँगै लग्यो

LC (KTM) May 18, 2021 0

काठमाडौँ । कोरोना महामारीले यतिबेला भारत ठूलो संघर्षमा छ । भारत हुँदै नेपालमा पनि यसको मार परिरहेका बेला भारतबाट फेरी अर्को दु खद खबर बाहिरिएको छ । कोरोनाको दोस्रो लहर फैलिरहेका बेला भारतमा लाखौं मानिस संक्रमित भएका छन् भने दैनिक चार हजार मानिसको  निधन भइरहेको छ ।

यसैबिच महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई को रोनाले ल ग्यो । सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएपछि छाएको खुशी एकै निमेशमा अस्तायो । मे १३ मा यि दुवै छोराको उपचारका क्रममा निध न भएको हो ।

एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने यि दाजुभाईको शरीरमा अक्सिजनको मात्रा निकै घटेर श्वास प्रश्वासमा समस्इा आएपछि उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । बाबु राफेललाई अस्पतालले एउटा छोरा बितेको खबर अस्पतालले बताएसँगै उनलाई अर्को छोरासँग छुट्टीन नसक्ने जुम्ल्याहा अर्को छोरा पनि नरहने कुराले चिसो पलायो ।

नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृ त्यु भएपछि आनन्द अस्पतालबाट राफेलको घरमा गएको फोनले रु वाबासी निम्त्यायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर