सेनाको हेलिकोप्टरबाट आइतवार उद्धार गरिएका अछामका दिन दुई गर्भवतीको अवस्था कस्तो छ ? — OSNepal

सेनाको हेलिकोप्टरबाट आइतवार उद्धार गरिएका अछामका दिन दुई गर्भवतीको अवस्था कस्तो छ ?

LC (KTM) August 23, 2021 0

अछाम – अछामबाट आइतवार एकै दिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भवती महिलाको स्वास्थ्य अवस्था जलिट भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका २४ वर्षीया नेमिका कुँवर र चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षीया जनक विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।

अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १७ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ मल्लले जानकारी दिए । बयालपाटा अस्पताल र जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

अछामबाट आइतवार एकै दिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ । गर्भवती महिलाको स्वास्थ्य अवस्था जलिट भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका २४ वर्षीया नेमिका कुँवर र चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षीया जनक विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।

अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १७ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ मल्लले जानकारी दिए । बयालपाटा अस्पताल र जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर