देश छोड्न जान चाहने अफगानीको संख्या बढेसँगै दबाबमा बाइडेन — OSNepal

देश छोड्न जान चाहने अफगानीको संख्या बढेसँगै दबाबमा बाइडेन

LC (KTM) August 23, 2021 0

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल बिमानस्थलबाट अफगानिस्तान छोड्न चाहने व्यक्तिलाई स्वदेश फर्काउने कार्य तीव्र भइरहेको बताएका छन् ।अमेरिकी सेनाले काबुल विमानस्थलको धावनमार्गको पेरिमिटर विस्तार गरिरहेकै बेला राष्ट्रपति बाइडेनको सो भनाइ सार्वजनिक भएको हो ।

गत १५अगस्टमा तालिवानले अफगान सत्ता कब्जा गरेपछि हजारौ अफगानीहरु काबुल विमानस्थलमा बसेका छन् । अमेरिकाले काबुल बिमानस्थलबाट अहिलेसम्म झन्डै २८ हजारलाइ स्वदेश फर्काएको छ । आगामी ३१ भदौसम्म सबै अमेरिकी स्वदेश फर्काइसक्नुपर्ने दबाब राष्ट्रपति बाइडेनमाथि छ । अमेरिकी सेनासँगै देश छोड्न जान चाहने अफगानीको संख्या बढेसँगै बाइडेन दबाबमा परेका हुन् ।

अमेरिकी सेना अफगानिस्तानबाट फर्किने अन्तिम समयसीमा हेरफेर गर्न राष्ट्रपति बाइडेनले विभिन्न मुलुकका नेताहरुसँग छलफल गरिरहेको बताएका छन् । ‘विमानस्थलको पेरिमिटर विस्तारलगायत हामीले केही परिवर्तन गरेका छौ’ उनले भने । यसअघि काबुलबाट तेस्रो मुलुकमा जाने मानिसका लागि १८ वटा व्यावसायिक विमान आवश्यक पर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको थियो ।

विमानस्थलमा बढेको भिड र हुलदंगाका कारण पछिल्लो एक सातामा २० जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते भएका छन् । काबुल विमानस्थलबाहिर हजारौ मानिस काबुल छोड्ने आशमा दिन गनेर बसेका छन् ।

बेलायत फर्किन चाहने नागरिकलाई अफगानिस्तानको हमिद कारजाइ विमानस्थलमा तालिवानले सहयोग गरेको बेलायतका सशस्त्र फौजसम्बन्धी मन्त्री जेम्स हिप्पेले बताए । पछिल्लो नौ दिनमा बेलायतले पाँच हजार सात सय २५ जनालाई स्वदेश फर्काइसकेको छ । काबुलमा अझै पनि एक हजारभन्दा बढी बेलायती सेना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर