काठमाडौँ ७ भदौ । पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका भाइ १८ महिनाको जेल सजाय भुक्तान गरेर आज रिहा भएका छन् ।
एक लाख धरौटीमा रिहा भएका नरेश आपराधिक लाभ ९एक्सटर्सन० र संगठित अपराधसम्बन्धी अभियोगमा जेल परेका थिए ।
काठमाडौं जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई आज रिहा गरिएको हो ।
केहि समय फरार रहेका उनी आफै पछि डिल्लीबजार कारागारमा आत्मसमर्पण गर्न पुगेका थिए ।