काठमाडौं ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोली दिउँसो २ ३० बजे नयाँ बानेश्वरको संसद् भवनको ल्होत्से कक्ष बस्ने भएको छ ।
समसामयिक विषयवस्तु तथा वर्तमान समयमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रण र संसद्को बजेट अधिवेशनको विषयमा छलफल हुने बुझिएको छ ।