अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि अमेरिकाले थप १८ विमान परिचालन गर्ने — OSNepal

अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि अमेरिकाले थप १८ विमान परिचालन गर्ने

LC (KTM) August 23, 2021 0

एजेन्सी- संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा फसेका अमेरिकी र अफगानी नागरिकको उद्धारका लागि थप १८ विमान परिचालन गर्ने भएको छ ।

राष्ट्रपति जो बाइडेनले मिलिट्री एयरफोर्ससँगै कमर्सियल विमान पनि परिचालन गरिने जनाएका छन् । रोयटर्सका अनुसार ६ वटा कमर्सियल कम्पनीका १८ विमानले सोमवारदेखि उद्धारको काम थाल्ने छन् ।

युनाइटेड एयरलाइन्सका चारवटा विमान, अमेरिकी एयरलाइन्स, एट्लस एयरलाइन्स, डेल्टा एयरलाइन्स र ‌ओम्नी एयरका तीन/तीनवटा तथा हवाइयन एयरलाइन्सका दुईवटा विमान परिचालन हुनेछन् ।

अमेरिकी रक्षा विभागले सिभिल रिजर्भ एयरफ्लीट (सिआरएएफ) अन्तर्गत १८ वटा विमान परिचालन गर्न लागेको हो ।

राष्ट्रपति बाइडेनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्‍याउने उल्लेख गरेका छन् । कतार र जर्मनीजस्ता अस्थायी केन्द्रमा परीक्षण गरेर उद्धार गरिएका व्यक्तिलाई अमेरिका वा कुनै तेस्रो देशमा लगिने बाइडेनको भनाई छ । उद्धार गरिएका कोही पनि काबुलमा नउत्रिने बताइएको छ ।

राष्ट्रपति बाइडेनले काबुल विमानस्थलबाट पनि मानिसहरुलाई उद्धार गर्ने काम तीव्र भइरहेको बताए । साथै विमानस्थलको क्षेत्र क्षेत्रलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।

बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै हालसम्म अमेरिकाले २८ हजार मानिसको उद्धार गरेको जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर