जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले पहिलो जित दर्ता, कोलन ३–२ गोल अन्तरले पराजित — OSNepal

जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले पहिलो जित दर्ता, कोलन ३–२ गोल अन्तरले पराजित

LC (KTM) August 23, 2021 0

एजेन्सी- जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले पहिलो जित दर्ता गराएको छ । आइतबार राती भएको खेलमा बायर्नले एफसी कोलनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जिताउन सर्जी गानब्रीले दुई तथा रोबर्ट लेवाण्डोस्की एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा ५ गोल भएका थिए । सुरुवाती दुई अग्रता म्युनिखले बनायो । खेलको ५० औं मिनेटमा लेवाण्डोस्कीले गोल गर्दै अग्रता बनाए । यस्तै ५८ मिनेटमा गानर्बीले गोल गर्दै अग्रता २–० को बनाए ।

खेलको ६० मिनेटमा एफसी कोलनका लागि एन्थोने माडेस्टेले दुरी २–१ मा झारे । खेलको ६२ मिनेटमा मार्क युथले गोल गर्दै खेल बराबरीमा ल्याए । ७१ औं मिनेटमा पुनः सर्जी गानब्रीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

पहिलो खेलमा बराबरीमा रोकिएको म्युनिखले दोस्रो खेलमा भने महत्वपूर्ण तीन अंक जोडेको छ । साविक विजेता म्युनिख २ अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै कोलन भने २ खेलबाट ३ अंक सहित ८ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर