धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च भएकाले सर्तक रहन आग्रह — OSNepal

धेरै ठाउँमा वर्षा, यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च भएकाले सर्तक रहन आग्रह

LC (KTM) August 23, 2021 0

काठमाडौं-यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च भएकाले सर्तक रहन उनीहरुले सुझाब दिएका छन् ।   यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद्ले बताएका छन् ।

गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश(१, प्रदेश(२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको छ । दिउँसो केहीबेर पानी पर्न रोकिए पनि बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पर्सि र बिहीवार भने देशभर नै लगातारजसो झरी पर्ने सम्भावना रहेकोछ । पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रानसहितको बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर