भारतमा आज ह्वात्तै घट्यो संक्रमितको संख्या — OSNepal

भारतमा आज ह्वात्तै घट्यो संक्रमितको संख्या

LC (KTM) August 23, 2021 0

काठमाडौँ– भारतमा पछिल्ले २४ घण्टामा थप २५ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ह्वात्तै कोरोना बढेको भारतमा आज भने संक्रमितको संख्या ह्वात्तै घटेको हो ।

यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ । यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ । अब भारतमा सकृय संक्रमितको संख्या ३ लाख ४१ हजार ८२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर