११ वर्षकै उमेरमा यति ठूलो समस्याबाट गुज्रेका रहेछन् पासागं — OSNepal

११ वर्षकै उमेरमा यति ठूलो समस्याबाट गुज्रेका रहेछन् पासागं

LC (KTM) August 23, 2021 0

पाँचथरका ११ बर्षिय पासाङ शेर्पा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तत्कालै उखान टुक्का मिलाएर गाउन सक्ने कला रहेको छ पासाङ संग । बुवा दावा शेर्पा र आमा संझना शेर्पा जसो तसो गरेर आफ्नो दैनिकि गुजरा गरिरहेका छन् । उनीहरुको आर्थिक अवस्था पनि एकदमै कमजोर रहेको छ ।

एकदमै समय सान्दर्भिक गीत गाउन सक्ने कला भएका यि बालक भने एउटा बिराम बाट ग्रसीत रहेका छन् । उनले ओएस नेपाल संग कुराकानी गर्ने क्रममा आफुलाई छहारे रोग भएको बताए । उनलाई उनका बुवाले उपचार गर्नैका लागि भनेर पाँचथर बाट काठमाण्डौ लिएर आएका हुन् । अहिले यी ११ बर्षिय बालक आफ्नो बुवा संग काठमाण्डौमा रहदै आएका छन् ।

आफु ७ बर्षको हुँदा हर्नियाको अपरेशन गरे पश्चात आफुलाई छहारे रोगले समातेको पासाङको भनाई छ । कक्षा ५ मा अध्ययन गर्दै गरेका यी बालक अहिले काठमाण्डौको बिभिन्न ठाउँमा गीत गाउँदै हिड्ने गर्छन् । उनी भन्छन्– अहिले मलाई नचिन्ने कोही छैन सबैले चिन्नु हुन्छ । कहिले जम्बु डाँडा त कहिले बालुवा खानी गएर गीत गाउँछु , कहिले काँही दिनको हजार पन्ध्र सय हुन्छ ।

त्यसले कपी डट, खानेकुरा तथा औषधी किन्छु । सानालाई भन्दा ठुला लाई साथी बनाउन रुचाउने यी बालकले जननेता मदन भण्डारीको ह त्या काण्डको बारेमा पुरै गीत गाउँछन् । उनी काठमाण्डौ आएको ६ महिना भइसकेको छ ।

बुवाले गिटी बोक्ने काम गर्ने गरेको उनको भनाई छ । आफ्नो रोगको बारेमा बताउँदै उनले भने–म धेरै झिलिक मिलिकमा बस्नु हुदैन । लडि हाल्छु । लडे पछि केही थाहा पाउँदिन । म कति चोटी त गाउँदा गाउँदै ढलेको पनि छु । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर