मध्यारातमा पोखराको मुख्य सडक महेन्द्रपुलमा ठूलो भ्वाङ परेपछि स्थानिय त्र सित (भिडियो सहित) — OSNepal

मध्यारातमा पोखराको मुख्य सडक महेन्द्रपुलमा ठूलो भ्वाङ परेपछि स्थानिय त्र सित (भिडियो सहित)

LC (KTM) August 23, 2021 0

पोखराः भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आईतवार राति मुख्य सडकमा भ्वाङ परेको छ । अविरल बर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भास्सिएको हो । पोखरामा साँझपखबाट शुरु भएको भीषण बर्षासँगै आएको ठुलो भलका कारण घर नजिकैको सडक भास्सिएपछि स्थानीयवासी त्रसित बन्न पुगेका छन ।

पोखराको उतरी क्षेत्र विन्ध्यवासीनी मन्दिर र नदीपुर हुँदै आएको भलपानी भास्सिएको जमिनमा पसेपछि स्थानीयवासीले खतरा महशुस गरेका हुन । सडकमा करिव पाँच मिटर लामो र दुई मिटर गहिरो खाडल हुने गरी सडक भास्सिएको थियो ।

जमिन भास्सिनेक्रममा बिद्युत र टेलिफोनको पोलसँगै सडकको नाली र सडक पेटीलाई पनि असर परेको थियो । सडक भास्सिदा पार्किङ गरी राखिएको नानो कारको केहि भाग धस्सिएपनि तत्काल स्थानीयवासी र प्रहरीको टोलीले उचालेर सुरक्षित स्थानमा सारेका थिए ।रातिको समय जनैपूर्णिमाको बेला सडक भास्सिएर घर नै जोखिममा परेपछि स्थानीयवासीहरु पानीमा रुझ्दै र भिज्दै प्रहरीहरुसँगै भल तर्काउन लागि परेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर