३ थान चितुवाको छाला सहित ३ जना पक्राउ — OSNepal

३ थान चितुवाको छाला सहित ३ जना पक्राउ

LC (KTM) August 22, 2021 0

दाङ, ६ भदौ-लमही नगरपालिका-९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर